काठमाडौं,
व्योम कुसुम महाविहार, विशालनगरमा आषाढ पूर्णिमा एवं गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। गुरु पूर्णिमाको अवसरमा बिहीबार व्योम कुसुम बुद्ध धर्म संघका संघबन्धुहरूद्वारा परम पावन गुरुपादविद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीलाई मण्डला अर्पण गरी उच्च श्रद्धाभाव प्रकट गरिएको थियो।
...