लुम्बिनीमा सु स्वास्थ्य एवम् दीर्घायुको मंगल कामना गरी १०८ दीप प्रज्ज्वलन

img

काठमाडौं,
बुद्ध जन्मस्थल लुम्बिनीमा सु स्वास्थ्य एवम् दीर्घायुको मंगल कामना गरी १०८ दीप प्रज्ज्वलन गरिएको छ । काठमाडौं कुलेश्वर निवासी इन्द्रमाया डंगोल र मनिका डंगोल सहित डंगोल स परिवारद्धारा रामकृष्ण डंगोलको सु स्वास्थ्य एवम् दीर्घायुको कामना गरी लुम्बिनीमा दीप प्रज्ज्वलन गरिएको छ । विहीवार साँझ गौतमी भिक्षुणी विहारका श्रद्धेय गुरुमांहरुद्धारा बुद्ध पुजा सहित परित्राण पाठ गरी १०८ दिप प्रज्ज्वलन गरीएको हो ।  इन्द्रमाया डंगोल र मनिका डंगोल स परिवारद्धारा रामकृष्ण डंगोल सहित परिवारजन बन्धुबान्धव एवम् सम्पुर्ण प्रणिको सुख, शान्ति सहित जगत कल्याणको मंगलकामना गरी बुद्ध जन्मस्थल लुम्बिनीमा १०८ दीप प्रज्ज्वलन गरिएको हो । 
भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी पुण्य भुमिका रुपमा रहेका कारण सो भुमिबाट पछिल्लो समय बौद्ध धर्मावलम्विहरुले शान्तिको कामना, सर्व सत्वहितको कामना, शुभकार्यहरु र दिवंगत ञातिबन्धुहरुको गुणानुस्मरण गरी दिप प्रज्वलन गर्दे आईरहेका छन् । यसरी विविध पूनित अवसरमा गरिएको दीप प्रज्ज्वलनलाई बोधि टेलिभिजनले लुम्बिनी प्रत्यक्ष प्रसारण मार्फत प्रत्यक्ष प्रसारण पनि गर्दे आईरहेको छ । भगवान् बुद्धको जन्म भुमि लुम्बिनीमा १०८ दीप प्रज्ज्वलन गरी पुण्य सञ्चय गर्न चाहनुहुने श्रद्धावान उपासक उपासिकाहरुले बोधि टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र लुम्बिनी वा केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नसक्नुहुनेछ ।