गुम्बा विकासका अध्यक्ष तथा कार्यकारी निर्देशकलाई बधाइ

बोधी संवाददाता
काठमाडौं, असार ९ । बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिमा नवनियुक्त अध्यक्ष एवं कार्यकारी निर्देशकलाई विभिन्न संघसंस्थाहरुले बधाइ दिए तथा उहाँहरुको कार्यकालको सफलताको लागि शुभकामना पनि दिए ।

नेपाल बौद्ध महासंघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा सञ्चार केन्द्र, नेपाल तामाङ लामा घेदुङ लगायत विभिन्न संस्थाहरुका प्रतिनिधीहरुले नवनियुक्त अध्यक्ष फुपू छेम्बे शेर्पा (गेसे थुप्तेन जिग्डोल) एवं कार्यकारी निर्देशक होम बहादुर दोङलाई बधाइ एवं शुभकामना दिनुभयो ।

बधाइ दिनेहरुमा नेपाल बौद्ध महासंघमा अध्यक्ष आचार्य नोर्बु शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, शेर्पा सञ्चार केन्द्रका अध्यक्ष नेमलिकी शेर्पा तथा नेपाल तामाङ लामा घेदुङका शुक्र लामा लगायतका पदाधिकारीहरु हुनुहुन्थ्यो ।

उहाँहरुलाई सम्बोधन गर्दै अध्यक्ष फुपू छेम्बे शेर्पाले नेपालमा बौद्ध दर्शनको प्रवर्धनको लागि गुम्बाहरुको भूमिका गहन भएको बताउनुभयो भने कार्यकारी कार्यकारी निर्देशक होम बहादुर दोङले सरकारको तर्फबाट सक्दो सहयोगको लागि सहजकर्ताको भूमिका निभाउन आफुहरु सदैव तयार रहने वचनबद्धता व्यक्त गर्नुभयो ।

4 months ago/Tuesday, June 23rd, 2020 /