संघवती गुरुमांको निधन

बोधी संवाददाता
काठमाडौं, माघ १९ । धर्मकीर्ति विहारमा बस्दै आउनुभएकी अनागारिका संघवतीको ८२ वर्षको उमेरमा आइतवार विहान ४ बजे निधन भएको छ ।

उहाँको पार्थीव शरीर दिनभर धर्मकीर्ति विहारमा अन्तिम दर्शनका लागि राखिएको थियो । त्यहाँ भन्ते तथा गुरुमांहरुले दीवंगत गुरुमांको गुणस्मरण गर्दै परित्राण पाठ गर्नुभएको थियो ।

उहाँको दाहसंस्कार सोमबार दिउँसो १ बजे लुती ढल्को(शोभाभगवती) स्थित कर्णदिपमा थेरवादी संस्कारअनुरुप गरिने भएको छ ।

धर्मकीर्ति विहारका प्रमुख धम्मवती गुरुमांले सोमबार १२ बजे धर्मकीर्ति विहारबबाट शवयात्रा शुरु गरिने जानकारी दिनुभएको छ । उक्त शवयात्रामा भिक्षु, श्रामणेर, अनागारिका तथा उपासक उपासिकाहरुको सहभागिता रहने जानकारी प्राप्त भएको छ ।

वि. सं. १९९४ मा तानसेन पाल्पामा जन्मिनुभएका दिवंगत अनागारिका संघवतीे श्रद्धेय कुमार काश्यप भन्तेको प्रेरणाले वर्ष कुशिनगरमा गएर प्रजित हुनुभएको थियो । करिब ३५ लामो अनागारिका जीवनको सबैजसो समय धर्मकीर्ति विहारमा रहेर उहाँले त्यहाँका अनागारिकाहरु धर्मनिर्देशन, भान्साघर इत्यादि व्यवहारिक आवश्यकताको व्यवस्थापनका साथै बालिकाहरुलाई ऋषिणी कार्यक्रममा सहभागी गराउँदा उनीहरुको लागि समेत व्यवस्था गर्दै आउनुभएको थियो ।

6 months ago/Sunday, February 2nd, 2020 /