क्वाबाहालमा नामसंगीति पाठ

बोधी संवाददाता
काठमाडौं, माघ १९ । काठमाडौंको ठमेल नजिक रहेको मैत्रीपुर महाविहार क्वाःबहालमा जगतप्राणीको उद्धार एवं विश्व शान्तिको कामना गर्दै नामसंगीति स्तोत्र पाठको आयोजना भयो ।

उक्तकार्यक्रममा मुख्यगरी वज्रचार्य समुदायका महिला तथा पुरुष सदस्यहरुले नेवार बुद्धधर्मावलम्बीहरुको परम्परागत रुपमा पाठ गर्ने गर्दै आएको नामसंगीतिको पाठ गर्नुभयो ।

साथै कार्यक्रमको अन्तमा चुडामणि वज्राचार्यबाट नामसंगीति पाठको महत्वको बारेमा धर्म देशना पनि भएको थियो ।

2 months ago/Sunday, February 2nd, 2020 /