लुम्बिनीमा थेरवाद बौद्ध संग्रहालयको निर्माणको प्रारम्भिक चरण सम्पन्न

बोधी संवाददाता
काठमाडौं, माघ ५ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा बनिरहेको नेपाल थेरवाद बौद्ध संग्रहालयको निर्माणको प्रारम्भिक चरण सम्पन्न भएको छ ।
आइबार यहाँ आयोजित एक पत्रकार सम्मेलनमा लुम्बिनी स्थित धर्मोदय सभा स्वयम्भू महाचैत्यमा बनिरहेको उक्त संग्रहालयको उद्घाटन यही माघ १२ गते प्रदेश नं ५का मुख्य मन्त्री शंकर पोखरेलले गर्नुहुने भएको जानकारी दिइएको छ ।
बौद्ध महिला संघ नेपालका पूर्व अध्यक्ष एवं संग्रहालय संयोजक डा. केशरी लक्ष्मी मानन्धरले बौद्ध महिला संघ नेपालको सक्रियतामा थेरवाद बुद्धिष्ट एकेडमी, अखिल नेपालभिक्षु महासंघ तथाअन्तर्राष्ट्रिय भिक्षुणी संघसँगको सहकार्यमा निर्माण गरिएको यो संग्रहालयले थेरवाद बुद्धधर्मको अनौपचारिक शिक्षण केन्द्रको रुपमा पनि काम गर्ने बताउनु भएको छ ।
संग्रहालयविज्ञ कर्ण बहादुर महर्जनले यसका लागि सामाग्रीहरु अन्तर्गत थेरवाद बुद्धधर्म पुर्नजागरणका प्रमुख भन्तेहरुको फोटोग्राफहरु, चित्रहरु, पुस्तकहरु, लेखहरु त्था श्रव्यदृष्यका सामाग्रीहरु, भन्ते तथा गुरुमांहरुका व्यक्तिगत जीवनका सामाग्रीहरु, थेरवाद बौद्ध मूर्तिहरु तथा साहित्यहरुको संकलन भइरहेको बताउनु भएको छ ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष मीरा ज्योतीले यो ऐतिहासिक संग्रहालय भएकोले यसमा सबैले आआफ्नो किसिमबाट सहयोग गर्न अपील गर्नुभयो ।
लुम्बिनी विकासका सम्बन्धमा छलफल
भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि बनाइएका विभिन्न गुरुयोजनाको कार्यान्वय सम्बन्धी संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्रालयमा एक छलफल कार्यक्रमको आयोजना भएको छ ।
कार्यक्रममा केन्जो तान्गेको गुरुयोजना, प्रोफेसर क्वाकको गुरुयोजना तथा वृहत लुम्बिनी विकास परियोजनका विविध पक्षमा छलफल भयो ।
उक्त कार्यक्रmमा बोल्दै संस्कृति मन्त्री योगेश भट्टराइले ती योजनाहरुलाई समयसापेक्ष बनाई पुरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

4 months ago/Tuesday, January 21st, 2020 /