यो वर्ष काठमाडौंमा बुद्ध जयन्तिमा अौपचारिक कार्यक्रम नहुने

बोधी स‌‌वाददाता

काठमाडौं बैशाख १० । बिश्व महामारी कोविद १९ कोरोनाका कारण यो वर्ष काठमाडौंमा बुद्ध जयन्ति हरेक वर्ष जस्तो सरकार प्रमुखलाई प्रमुख अतिथि बनाई भव्य रुपमा नमनाइने भएकाे छ ।

महामारीकाे प्रकाेप यथावत भएकाे तथा धेरै जनमा मानिसकाे जमघट भनेकाे अवस्थामा एकजनाबाट धेरैमा कोरोना भाइरस स‌ंक्रमण सजिलै हुने‍ भएकाे ले यस वर्ष अौपचारिक कार्यक्रम नगर्ने बुद्ध जयन्ति समारोह समितिले नजाएकाे छ ।

“बुद्ध जयन्ति समारोह समितिको तर्फबाट आनन्द कुटी बिहारमा भब्य रूपले मनाउन नसके पनि आफ्नो आफ्नो बिहारमा र घर घरमा सप्ताहब्यापी बुद्ध पूजा परित्राण तथा दीप प्रज्ज्वोलन गरि मनाउन हार्दिक अपील गर्दछौ ”   अध्यक्ष भिक्षु मैत्री महास्थबिरद्वारा प्रेषित बुद्ध जयन्ति समारोह समितिको विज्ञप्तिमा भनिएको छ ।
बि. स. २००१ सालमा बुद्ध जन्मभूमि नेपालबाट आर्य भिक्षु संघ देश निकाला भएपछी श्री लंकाबाट भिक्षु नारद महास्थबिरको नेतृत्वमा आएको प्रनिनिधिहरुबाट श्री ३  पदम शमशेर राणालाई उपहार स्वरुप प्राप्त सर्वज्ञ धातु आनन्द कुटी बिहारमा श्री लंकाराम चैत्य निर्माण गरी त्यसको गर्भ भित्र राखी बर्षको एकचोटी जनतालाई दर्शन गराउन निबेदन भए अनुसार श्री लंकाराम चैत्य निर्माण गरी उद्घाटन गर्ने क्रममा बि. स. २००५ साल बुद्ध जयन्तीका दिन भब्य रुपले मनाउन तथा सर्वज्ञ धातु दर्शन गराउन बुद्ध जयन्ति समारोह समिति आनन्द कुटी बिहारमा गठन भएको थियो । त्यस समारोहमा उपस्थित प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री श्री ३ मोहन शमशेर राणाबाट बुद्ध जयन्तीका दिन बौद्धहरुको लागि सार्वजनिक बिदा घोषणा भएको थियो ।
त्यो बेलादेखि सरकारबाट मान्यता प्राप्त गरी प्रत्येक साल सरकार प्रमुखलाई प्रमुख अतिथि बनाई सरकारबाट अनुदान प्राप्त गरी बुद्ध जयन्ति समारोह आनन्द कुटी बिहारमा भव्यताका साथ् सप्ताहब्यापी मनाउदै आएको थियो ।
तर यसपाली बिश्व महामारी कोविद १९ कोरोनाका कारण बुद्ध जयन्ति समारोह समितिको तर्फबाट आनन्द कुटी बिहारमा भब्य रूपले मनाउन नसके पनि आफ्नो आफ्नो बिहारमा र घर घरमा सप्ताहब्यापी बुद्ध पूजा परित्राण तथा दीप प्रज्ज्वोलन गरि मनाउन बुद्ध जयन्ति समारोह समितिले अपील गरेको छ ।

6 months ago/Wednesday, April 22nd, 2020 /