षड्क्षरी मन्त्र ध्यान अभ्यास तथा पाठ सम्पन्न

बोधी संवाददाता
काठमाडौं, जेष्ठ १३ । नेपाल परम्परागत बौद्ध धर्म संघको आयोजनामा, छुस्याबहालमा आर्यावलोकितेश्वरको षड्क्षरी मन्त्र ध्यानभावना अभ्यास तथा पाठ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आर्यावलोकितेश्वरको षड्क्षरी मन्त्र ओंमणिपद्मेहुँ पाठ गर्नाले प्राणीहरु दुःखबाट मुक्त हुने विश्वासका साथ बौद्धहरुले यो मन्त्र पाठ गर्दै आएका छन् ।
काठमाडौं, भक्तपुर र कीर्तिपुर आदि स्थानमा शनीबारका दिन र ललितपुरमा आइतबारका दिन षडक्षरी मन्त्र ध्यान अभ्यास तथा पाठ गरिएको थियो । यस्तै देशबाहिर अमेरिकाको मेरिल्याण्डमा पनि आइताबारका दिन पाठ गरिएको थियो जानकारी नेपाल परम्परागत बौद्धधर्म संघका अध्यक्ष प्रा. डा. नरेशमान वज्राचार्यले दिनुभयो ।

कार्यक्रममा लुम्बिनी परिसरमा निर्माण भइरहेको नेपाल वज्रयान महाविहारलाई चन्दा दानदिने श्रद्धालु उपासक उपासिकाहरुलाई अध्यक्ष वज्राचार्यले खादा ओढाइ सम्मान गर्नुभएको थियो ।