ज्ञानमाला भजन सम्बन्धी राष्ट्रिय गोष्ठी सम्पन्न

बोधी संवाददाता
काठमाडौं, पुष ६ । गीत तथा संगीतको माध्यमबाट नेपाली जनमानसमा दशकौंदेखि बुद्ध धर्मको प्रचार प्रसार गर्दै आइरहेको ज्ञानमाला भजन सम्बन्धी एउटा राष्ट्रिय गोष्ठी शनिबार यहाँ काठमाडौंस्थित गणमहाविहारमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि गीतकार दुर्गालाल श्रेष्ठ लगायत, शिक्षाविद् सुवर्ण शाक्य, प्रशिक्षक धनबहादुर गोपाली एवं भिक्षु शोभित महास्थविरले धर्ममा गीत संगीत तथा गीतमा धर्मको सन्देशको महत्वको बारेमा बताउनुभयो ।
सभापतिको आशनबाट नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष रमना श्रेष्ठले कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नुभयो ।
गोष्ठी सत्रमा पहिलो कक्षा संगीता राणा प्रधानले, दोश्रो कक्ष धन बहादुर गोपालीले तथा तेश्रो पक्ष मनराजा नकर्मीले लिनुभयो ।
कार्यक्रको शुरुवातमा प्रमुख अतिथि दुर्गालाल श्रेष्ठले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने धर्मिक नियम अनुसार भिक्षु शोभित महास्थविरले सबै सहभागीहरुलाई पञ्चशील प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न संगीतज्ञहरुबाट सामुहिक ज्ञानमाला भजनको प्रस्तुतीकरण पनि भएको थियो ।
गोष्ठीमा ४८ संस्थाबाट १४९ जनको सहभागिता थियो । उक्त कार्यक्रम ज्ञानमाला भजनको गुणात्मक विकास गर्ने प्रयास स्वरुप नेपाली संगीतका मूर्धन्य श्रष्टाहरुकोे तालिम सहित आयोजना गरिएको तथा भगवान बुद्धको शास्वत उपदेशहरुलाई परिष्कृत ढंगबाट विशवव्यापी रुपमा सम्प्रेषण गर्न उर्जा प्रदान गर्न सकुन् भन्ने उद्देश्यले आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

rzm

2 months ago/Sunday, December 22nd, 2019 /