सेतो गुम्बामा शरदकालिन सेमिनार तथा ध्यान शिविर शुरु

बोधी संवाददाता
काठमाडौं बौद्ध स्थित कान्यिङ शेद्रुब लिङ सेतो गुम्बामा ३९औं वार्षिकसेमिनार तथा ध्यान शिविर शुरु भएको छ ।
यस एघारदिने शरदकालिन शिविरको पहिलो दिन आज श्रद्धेय गुरु छ्योकि निमा रिम्पोचेले तथागत गर्भको बारेमा प्रवचन दिनुभयो ।
भोट भाषामा दिइएको उक्त प्रवचनलाई नेपाली लगायत चीनियाँ, स्पेनिश तथा रसियन भाषामा अनुवाद गरेर सुनाइएको थियो ।
उक्त कार्यक्रममा विभिन्न देशका ५ सयभन्दा बढी तथा नेपाली २ सय जना दर्ता गरेर सहभागी भएका थिए ।
शिविर तालिका अनुसार नभेम्बर २० देखि डिसेम्बर १ सम्म सेमिनार तथा ध्यान शिविर हुने छ भने त्यसमा नभेम्बर २१ देखि २८सम्म सेमिनार अनि त्यसपछि नभेम्बर २९देखि डिसेम्बर १ सम्म शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।
यसवर्षको सेमिनारको विषय तीनयाहरुमा दृष्टिकोण, ध्यान तथा आचरण र तथागत गर्भको परिचय रहने पनि जानकारी प्राप्त भएको छ ।
कार्यक्रमको आयोजना राङजुङ येशे इन्स्टिच्युटले गरेको हो ।

rzm

2 weeks ago/Thursday, November 21st, 2019 /