नव मैत्री महाबिहारमा कथिनोत्सव

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, कार्तिक१८ । देशभरीका थेरवाद विहारमा चलिरहेको कथिन दान उत्सवको क्रममा अाइतबार यहाँ स्थित नव मैत्री महाबिहारमा कथिनोत्सवको आयोजना गरिएको छ ।

यसका लागि श्रीलंकका उपासक प्रदीप लगयतद्वारा बर्षाबासको निमन्त्रणा गरेको थियो । कथिन दाता श्रीलंकाली टोलीले त्यहाँको बिशेष बाजा कान्दियन बाजा बजाइ लुम्बिनी मायादेवी मन्दिर परिक्रमा गरी धर्मोदय सभा स्वयम्भू चैत्य परिसरमा निर्मित नव मैत्री बिहार पुगी कथिन उत्सव मनाए ।

उक्त उत्सवमा थाइल्यान्डबाट धम्माकाय, लुम्बिनीमा रहेका महायान र थेरबाद बिहारबाट भिक्षु भिक्षुणी लामा आनीहरुको सहभागिता थियो ।

कार्यक्रमको प्रारम्भमा भिक्षु मैत्री महास्थविरद्वाराा शील प्रदान गरिएको थियो भने पियरतन भन्तेले धर्म देशना गर्नुभयो । बोधिज्ञान भन्त द्वारा कथिन चिवर दान तथा कथिन उत्सवको पूर्व सन्ध्यामा अहोरात्र महापरित्रान पाठ पनि भएको थियो ।

2 years ago/Monday, November 5th, 2018 /