हिमालयन शेर्पा समाजको सातौं अधिवेशन सम्पन्न

बोधी संवाददाता
काठमाडौं, भाद्र ६ । बौद्ध धर्म, दर्शन र शिक्षाको क्षेत्रमा कार्य गर्दै विभिन्न सामाजिक र धार्मिक कार्यक्रलाई आफ्नो स्थापना कालदेखि निरन्तर अगाडी बढाइरहेको हिमालयन शेर्पा समाजको सातौं अधिवेशन सम्पन्न भएको छ ।

सातौं पटकको अधिवेशनवाट दाउछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छm जसमा प्रथम, दवीतिय, तृतीय उपाध्यक्ष क्रमश ः छिरिङ शेर्पा, ठिलेन शेर्पा र नुर्बु शेर्पा चयन भएको छ भने महासचिवमा तन्जिङ शेर्पा र कोषध्यक्षमा साङ्गे शेर्पा चयन भएको छ । १९ जनाको कार्यसमिति बनाइ दुई जना पछि थप गर्ने गरी कार्यसमिति चयन भएको हो ।

हिमालयन शेर्पा समाजको सातौं अधिवेशनको बन्द सत्र सुरु हुनु अघि भएको उद्घाटन सत्रको उद्घाटन संघीय संसदका सांसद जिपछिरिङ लामाले गर्नुभयो । कार्यक्रम शेर्पा समाजका अध्यक्ष दावा शेर्पाको सभापतित्वमा सुरु भएको थियो ।

आसन ग्रहणको कार्यक्रम सम्पन्न भएपछि कार्यक्रममा उपस्थित सवै अतिथिहरुलाई समाजका वरिष्ठ उपाध्यक्ष दावाछिरिङ शेर्पाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा शेर्पा समुदायको सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । कार्यक्रममा महासचिवको प्रगति विवरण र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरिएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले अधिवेशनको सफलता र नयाँ कायसमितिमा आउनेहरुको लागि अग्रिम शुभकामना दिनुभएको थियो भने अन्त्यमा सभापतिले सभा विसर्जन गरी कार्यसमिति भंग गरी बन्द सत्र सुरु गरिएको थियो ।

कार्यक्रममा नेपाल शेर्पा संघका आङ दोर्जे शेर्पा, नेपाल बुद्ध धर्म सेवा संघका साङ्बु शेर्पा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका चन्द्रमान लामा, नेपाल शेर्पा संघका पूर्व अध्यक्ष पेमछिरि शेर्पा लगाएत शेर्पा समाजसंग सम्वन्धित विभिन्न शेर्पा संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

3 months ago/Friday, August 23rd, 2019 /