केशवनारायण चोकमा बज्रयान संघदान सम्पन्न

बोधी संवाददाता
ललितपुर, असार २१ । लुम्बिनीमा निर्माण भइरहेको नेपाल बज्रयान महाविहारमा संघ स्थापना भएको उपलक्ष्यमा, पाटन दरबार क्षेत्रको केशवनारायण चोकमा बज्रयान संघदान सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिका, बौद्ध दर्शन तथा गुम्बा विकास समिति र नेपाल परम्परागत बौद्ध धर्म संघ ललितपुरको संयुक्त आयोजनामा उक्त संघदान कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यले त्रिशरण गमन गराई कार्यक्रम शुरुवात गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथि बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

नेपाल परम्परागत बौद्ध धर्म संघका महासचिव दिनेश शाक्यले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, बौद्ध विद्वान बज्रराज शाक्य, बुद्ध जयन्ति ट्रष्ट कमितिका अध्यक्ष धर्म बहादुर शाक्यले आ आप्mनो मन्तव्य राख्नु भएको थियो ।

नेपाल परम्परागत बौद्ध धर्म संघका सचिव ज्ञानबहादुर शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यले आप्mनो मन्तव्य राख्दै सभा विर्सजन गर्नुभएको थियो ।

5 months ago/Sunday, July 7th, 2019 /