द्यःमाँ तेजमाया बुद्धाचार्यकोे पुण्यस्मृतिमा स्वयम्भुमा शोक सभा

बोधी संवाददाता
काठमाडौं, असार १३ । दिवंगत द्यःमाँ तेजमाया बुद्धाचार्यको छैठौं दिनको पुण्यतिथिको अवसरमा, आनन्दकुटी स्वयम्भुमा शोक सभा आयोजना भयो ।
उक्त कार्यक्रममा प्रा.डा. नरेशमान बज्राचार्यले अन्तराभव सम्बन्धी दुर्लभ उपदेश दिनुभएको थियो ।
प्रमुख अतिथि डा. बज्राचार्यले पंचशील प्रदान गरी शुरु भएको उक्त कार्यक्रममा उपस्थित भक्तजनहरुले दिवंगत बुद्धाचार्यको तस्वीरमा पूmल चढाई श्रद्धान्जली अर्पण गरेका थिए ।
उक्त कार्यक्रमा डा. बज्राचार्य लगायत अन्य गुरुजुहरु र उपस्थित महानुभावहरुले सामूहिक रुपमा दिवंगत बुद्धाचार्यको सुखावती भुवनको कामना गर्दै धारणी मन्त्र पाठ गर्नुभएको थियो ।
द्यःमाँ तेजमाया बुद्धाचार्य, गत असार ७ गते शनिवारका दिन परलोक हुनुभएको थियो । उहाँका श्रीमान, १ छोरा र २ छोरी हुनुहुन्छ ।

5 months ago/Friday, June 28th, 2019 /