दीपावती बौद्ध परियति केन्द्रको तेस्रो वार्षिक उत्सव सम्पन्न

बोधी संवाददाता
ललितपुर, असार ८ । ललितपुरको गुइँटोलमा रहेको दीपावती बौद्ध परियति केन्द्रको तेस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

गुइँतः ज्ञानमाला भजन खलः र गुइँतः बहि मिसा पुचःको संयुक्त आयोजनामा संचालन भइरहेको उक्त परियत्ति केन्द्रका कक्षा १ देखि ३ सम्म उतीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश नं ३का सांसद ज्ञानेन्द्र शाक्य, परीक्षा नियन्त्रक श्रद्धेय बोधिज्ञान महास्थविर, वडा अध्यक्ष हेम महर्जन तथा तथा समाजसेवी मोतिलाल शिल्पकारले उतीर्ण विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रमुख अतिथि ज्ञानेन्द्र शाक्यले उक्त कार्यक्रममा दीपावती बौद्ध परियत्ति केन्द्रलाई सहयोग गर्ने संघसंस्था तथा महानुभावहरुलाई उपहार प्रदान पनि गर्नुभयो ।

परियत्ति विद्यार्थी आर्यन विष्टले दशपुण्यक्रियाबार आफ्नौ प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा बोधिज्ञान भन्तेले परियत्ति शिक्षाको महत्वबारे बताउनुभएको थियो । त्यसैगरी सबुता महर्जनले बौद्ध परियत्ति शिक्षाको अनुभव बताउनुभएको थियो ।

4 months ago/Monday, June 24th, 2019 /