वज्राचार्य प्रतिनिधिहरुद्वारा गुथि विधेयकको खारेजीको माग

बोधी संवाददाता
काठमाडौं, असार २ । सरकारले हालै ल्याएको गुथि विधेयक बारे काठमाडौंका वज्राचार्य संघ संगठनका प्रतिनिधिहरुले आफ्नो सरोकार देखाइ त्यसको तत्काल खारेजीको माग गरेका छन् ।

काठमाडौंमा रहेका करिब एक दर्जन परम्परागत एवं आधुनिक संघसंस्थाहरुको प्रतिनिधिहरुले उक्त विधेयक पास भएमा यसले हजारौं वर्षैदेखि उनीहरुको संरक्षणमा रहेका बौद्ध विहारहरु, मन्दिरहरु तथा त्यसको संरक्षणमा वर्षैभरि सञ्चालनमा रहेका सबै जात्रा पर्वहरु बन्दहुने बताएका छन् ।

राजगुरुजु मञ्जुश्री वज्राचार्य का अनुसार यो विधेयक पास भएमा गुथियारहरुको अधिकार स्वतः खारेज हुने, तथा निजी गुथिलाई सार्वजनिकमा परिण गरी संचालन गर्ने गराइने छ जसको कारणले यहाँ स्थित सयौं वर्षदेखि पूजाआजा तथा अन्य धार्मिक क्रियाकलाप गरी विहारहरुमा परम्परा जोगाइआइरहेका वज्राचार्यहरुलाई उनीहरुको पूजास्थलबाट निकालिने सम्भवना पनि बढेको छ ।

त्यस्तै अनार वज्राचार्यले यो गुथि भनेकै नेवारहरुको बौद्ध सम्पदा र रितिथिति मास्न आएकोले यलाई सरकारले तत्काल खारेज गर्नु पर्ने माग गर्नुभएको छ ।

संघरत्न शाक्यले यो गुथिको विरोधका लागि सबै नेवार बौद्धहरु एकजुथट भएर लाग्नुपर्ने तथा यसको विरोध गर्न सकेन भने र यो विधेयक पास भयो भने काठमाडौं उपत्यकामा कुनै पनि बौद्ध सम्पदा र बौद्ध संघ बाँकी नरहने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा हाल सरकारमा रहेको नेकपाका तर्फबाट प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य तथा राजेश शाक्य तथा नेपाली कांग्र्रेस सांसद भिमसेनदास प्रधानले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संयजोक प्रा. डा. नरेश मान वज्राचार्यले हाल यस विधेयकले गर्दा नेपालका सबै मूर्त अमूर्त बौद्ध सम्पदा धरापमा परेकोले यस भेलाको आयोजना गर्नुपरेको अवगत गराउनुभयो ।

RZM

4 months ago/Tuesday, June 18th, 2019 /