लायन्स क्लबबाट पाटी बिहारमा निःशुल्क दन्त शिविर

बोधी संवाददाता
मध्यपुर थिमि, जेठ ३२ । पाटी विहार थिमी भक्तपुरमा शनिबार आयोजना गरिएको निःशुल्क दन्त शिविर मा करिब १५० जना स्थानीयबासी लाभान्वित भएका छन् ।

उक्त शिविरमा डा. अनिल शाक्य, डा. रेजिना शाक्य, डा. गृष्मा बज्राचार्य, डा. आरति शर्मा, डा. यसटिका श्रेष्ठको टोलीले ४ वर्ष देखि ८० वर्ष नाघेका १५० भन्दा बढीलाई सेवा प्रदान गरिएको थियो । ती मध्ये धेरै जसो उक्त बौद्ध विहारसँग सम्बन्धित उपासक वा उपासिकाका परिवार सदस्यहरु थिए ।

कार्यक्रममा बच्चादेखि नै दाँतको राम्रो हेरविचार गर्नुपर्ने चिकित्सक टोलीले बताएका थिए ।
पाटी विहार सहयोग समितिका अध्यक्ष श्यामकृष्ण मानन्धरले शिविरमा स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक टोलीलाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो । अध्यक्ष मानन्धरले पाटी विहारले यस्ता स्वास्थ्य शिविर लगायत अन्य सामाजिक कार्यहरु गर्दै लाने कुरा बताउनु भएको थियो ।

कार्यक्रमको अन्तमा लायन्स क्लब अफ  बागमतिका अध्यक्ष स्मृति श्रेष्ठले धन्यवाद दिंदै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

उक्त कार्यक्रम लायन्स क्लब काठमाडौं, लियो क्लब बागमति र पाटी विहार सहयोग समितिले संयुक्त रुपमा आयोजना गरेका थिए ।

4 months ago/Sunday, June 16th, 2019 /