सत्य मोहन जोशीको १०० औ शुभ जन्मोत्सवको कार्यक्रम

बोधी संवाददाता
ललितपुर, बैशाख ३० । ललितपुर महानगरपालिकाको आयोजनामा, शताब्दी पुरुष सत्य मोहन जोशीको १०० औ शुभ जन्मोत्सवको कार्यक्रम, लपु महानगरपालिकाको प्रागंणमा भव्यताका साथ सम्पन्न भएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, प्रमुख अतिथिले १०० वर्ष पुग्नु भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेवारी परम्परा अनुसार खेँ सगं दिई बेतालि बाँधेर सगुन दिइएको थियो । नेपाल सरकारको तर्पmबाट प्रमुख अतिथिले अभिनन्दन पत्र चढाउनु भएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाको तर्पmबाट मेयर चिरीबाबु महर्जनले अभिनन्दन पत्र चढाउनु भएको थियो । यसैगरि फोरम नगरपालिकाको तर्पmबाट पनि काठमाडौं महानगरपालिकाका मेयर लगायत २२ जना मेयरको तर्पmबाट उहाँलाई अभिनन्दन पत्र चढाउनु भएको थियो ।

प्रमुख अतिथि रक्षामन्त्री इश्वर पोखरेलले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा संयोजक श्रीगोपाल महर्जनले स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री ईश्वर पोखरेल लगायत भारतीय राजदूत मंजीर सिंह पुरी, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, जगमान गुरुङ तथा अन्य विशिष्ट व्यक्तिहरुले संस्कृतिविद, इतिहासविद सत्यमोहन जोशीको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लोक कवि राजभाई जकःमि र जनकवि दुर्गालाल श्रेष्ठले सत्यमोहन जोशीको बारेमा कविता वाचन गरी उहाँलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा लिखित ५ वटा पुस्तकहरु प्रमुख अतिथिले विमोचन गर्नुभएको थियो । यसका साथै उहाँको जीवनी बारे तयार पारिएको सिडी पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा उहाँ लगायत ललितपुरनगरभित्रका १०० वर्ष पुगेका भाईचा महर्जन कुमाः, पंचमाया बज्राचार्य, सीता भण्डारी र रत्नमान श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

पाटन दरबारस्वायरबाट विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नामसंगीति खलःका सदस्यहरु, ललितपुरका विभिन्न विद्यालयका विद्यार्थीहरु तथा विभिन्न टोलका बाजागाजा सहित विशाल जनसमुदायको उपस्थिति रहेको उक्त पदयात्रामा जन्मोत्सव मनाउनु हुने शताब्दी पुरुषलाई मंगलबजारबाट बग्गीमा सवार गराई नगरपरिक्रमा गराइएको थियो । उक्त पदयात्रामा नेपाली सेना, नेपाल प्रहरीको बाजा पनि सहभागी भएको थियो । पदयात्रामा उपत्यकाका विभिन्न ठाउँबाट जनलहर नै उपस्थिति भएको थियो । पदयात्रा मंगलबजारबाट लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिक जन्मोत्सवको उपलक्ष्यमा ललितपुर महानगरपालिकाले एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाउने जानकारी आयोजकले गराएको छ ।

BMS