सम्यक सन्देश पत्रिकाबाट सम्मान तथा पुरस्कार प्रदान

बोधी संवाददाता
काठमाडौं , जेष्ठ २६ । सम्यक सन्देश पत्रिकाको दोश्रो वार्षिकोत्सको अवसरमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा सूचक पद्मादेवी पुरस्कारबाट शान्तीवती गुरुमां, सूचक कृष्णबहादु्र समाजसेवा पुरस्कारबाट बखत बहादुर चित्रकार, सूचक सम्मानबाट श्यामलाल त्रिकार, सूचक रतन पुरस्कारबाट कलाकार राजकुमार शाक्य, सूचक लिली महिला पुरस्कारबाट नम्रता शर्मा र सूचक पत्रकारिता पुरस्कारबाट भगवती बस्नेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा डा. रीना तुलातधरले सम्यक सन्देश पत्रिकाको समीक्षा गर्नुभएको थियो भने पत्रिकाका सल्लाहकार डा. लक्ष्मण तथा आयोजक सूचना प्रकाशनका अध्यक्ष दीपक भेटवाल तथा आयोजक सूचना प्रकाशनका अध्यक्ष दीपक भेटवाल पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।