पञ्चवीरसिंह सिरपाः प्रदान गरियो

बोधी संवाददाता
काठमाडौं, जेष्ठ १८ । नेपालभाषा पत्रिका नेपालभाषा टाइम्समा प्रकाशित बौद्धलेखका लेखकहरुमा दुइजना उत्कृष्ट लेखकहरु आज यहाँ एक समारोहका बिच पुरस्कृत हुनुभयो ।
गणमहाविहारका प्र्रमुख भिक्षु सोभितले आज बुद्ध संवत् २५६१ भित्र नेपालभाषा टाइम्स दैनिकमा प्रकाशित बुद्ध धर्म सम्बन्धी लेखहरु मध्ये उत्कृष्ट महिला लेखक अकिल शोभा ताम्र्राकार तथा पुरुष लेखक मुनिन्द्ररत्न वज्र्राचार्यलाई युवा बौद्ध समूहले दिंदै आएको पञ्चवीरसिंह सिरपाः प्रदान गर्नुभयो ।
यसका साथै सोही समारोहमा बुसं २५६२ का निमित्त इलोह्रं पञ्चवीर परियत्ति सिरपा पनि भक्तपुरको मैत्री युवा संघलाई प्रदान गरियो ।
यसका लागि दाता पञ्चवीरसिंह तुलाधरले नगद राशी प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै पुरस्कारका निर्णायक डा. गौतववीर वज्राचार्यले पुरस्कृत लेखको प्रसंगमा वज्रयान बुद्धधर्ममा विकृतिका रुपमा आएको पशुबलिको विरोधमा वृहत जनचेतना कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यसका साथैं उहाँले बुंगद्यः अर्थात् रातो मछिन्द्रनाथको रथ जात्रामा पशुबलि दिने प्रथा धर्मसंगत नभएकोले यसलाई रोक्न भनेर आग्रह गर्दा त्यसका प्ुजारीहरु अर्थात् पान्जुहरु नै तयार नभएको पनि प्रसंग पनि उल्लेख गर्नुभयो ।
धर्मोदय सभाका महासचिव सागरमान वज्राचार्यले वज्राचार्यहरुमा नै पशुबलि भनेको बुद्धधर्मको अंश हो कि जस्तो भ्रम फैलिरहेकोले यसको निदान जरुरी भएकोमा जोड दिनभयो ।
नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धरले यसै पुरस्कारको सिलसिलामा भएपनि नेपालभाषामा बुद्ध धर्मसम्बन्धी लेख लेख्ने जुन लहर आएको छ त्यो प्रशंसनीय छ भन्नु्भयो ।
इलोहं पत्रिकाका सल्लाहकार नरेशवीर शाक्यले बौद्ध परियत्ति शिक्षाले नेपालमा ठुलो प्रगति गरेपनि त्यसबाट उत्कृष्ट भएर आएका विद्यार्थीहरुले पनि कतै कुनै लेखरचना लेखेर योगदान गरेको नपाउनु दुखको कुरा भएको बताउनुभयो ।
पुरस्कृत वज्राचार्यले वज्रायान बुद्धधर्ममा कतै पनि हिंसा गर्नेकामको उल्लेख नभएको बताउँदै आज पनि वज्र्राचार्य गुरुहरुले नै बुद्धधर्मको विरुद्ध हिंसाकर्मलाई प्रश्रय दिइरहेकोमा दुख व्यक्त गर्नुभयो ।
त्यस्तै अर्का पुरस्कृत ताम्राकारले यस पुरास्कारले आफुमा बुद्धधर्मप्रति दायित्वबोध गराएको अनुभव सुनाउनुभयो ।
आायोजकका तर्फबाट डा. त्रिरत्न मानन्धरले नेसं २५४३देखि शुरुभएको यस पञ्चवीर सिरपाःमा हालसम्म ३३ जना पुरस्कृत भइसकेको बताउनुभयो ।