सत्यमोहन जोशीको १०० औं जन्मदिनमा आर्य नामसंगीति पाठ

बोधी संवाददाता
ललितपुर, जेष्ठ १४। शताब्दी पुरुष सत्यमोहन जोशीको तिथिअनुसारको १०० औं जन्मदिनको उपलक्ष्यमा पाटन दरबार क्षेत्रमा नेपाल परम्परागत बौद्ध धर्म संघ र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा आर्य नामसंगीति पाठ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ३५ भन्दा बढी ललितपुरका विभिन्न नामसंगीति खलःका सदस्यहरुले समूहगत रुपमा आर्य नामसंगीति पाठ गरी शताब्दी पुरुष सत्यमोहन जोशीको तिथि अनुसारको जन्मदिन मनाएका थिए ।
आर्य नामसंगीति पाठ सकेपछि नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा माया फाउण्डेशनका अध्यक्ष रमेश महर्जन उनकी पत्नी सरीता महर्जन सहित उपमेयर गीता सत्यालले संयुक्त रुपमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेवारी परम्परा अनुसार सगुन दिनुभएको थियो । सगुन दिने क्रममा नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्य सहित अन्य गुरुजुहरुले स्वस्ति वाक्य वाचन गरी उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु भएको थियो ।
उक्त कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले काठमाडौं उपत्यकाका बौद्धहरुमा नामसंगीति पाठ गर्ने पुरानो परम्पराको बारेमा चर्चा गर्नुभयो ।

र उपमेयर गीता सत्याल संघका सल्लाहकार बज्रराज शाक्य, ले आ आप्mनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।