परित्राण गुठीको परित्राण पाठ सम्पन्न

बोधी संवाददाता
काठमाडौं, जेष्ठ १३ । नियात्रा परित्राण गुठीको आयोजनामा मासिक रुपमा हुँदै आएको परित्राण पाठ कार्यक्रम बसन्तपुरको द्वारिका छेँमा सम्पन्न भयो ।
सिद्धि मंगल विहारका प्रमुख भिक्षु विमलो स्थविरले शील प्रदान, धर्मदेशना र परित्राण पाठ गर्नुभएको थियो ।
कार्यक्रममा श्रद्धाचारी गुरुमांले परित्राण गुठीको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रमको शुरुमा पद्मकीर्ति ज्ञानमाला भजन खलःका सदस्यहरुले ज्ञानमाला भजन प्रस्तुत गर्नुभएको थियो ।

2 years ago/Monday, May 27th, 2019 /