निर्वाणमूर्ति विहारमा परित्राण सम्पन्न

बोधी संवाददाता
काठमाडौं, जेष्ठ १२ । किमडोलस्थित निर्वाणमूर्ति विहारमा अखिल नेपाल भिक्षु महासंघबाट गरिएको महापरित्राण पाठ शनिबार सम्पन्न भयो ।

कार्यक्रममा महासंघमा महासचिव भिक्षु कोण्डन्य तथा भिक्षु धर्ममूर्तिले बुद्ध धर्ममा परित्राण पाठ गर्नुको महत्वको बारेमा प्रकाश पार्नुभयो ।

उक्त अवसरमा उपस्थित सबै भन्तेहरुले सामुहिक तथा सात युगल भन्तेहरुले सबै प्राणीहरुको सुख शान्ति को कामना गर्दै परित्राण पाठ गर्नुभएको थियो । यस्तो प्रकारको कार्यक्रम उक्त विहारमा ११ वर्षदेखि निरन्तर हुँदै आएको आयोजकहरुले बताउनुभएको छ ।

कार्यक्रममा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो तथा अन्त्यमा अष्टपरिकार दान तथा पुण्यानुमोदन पनि गरिएको थियो ।