ललितपुरमा बौद्ध परियत्ति वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बोधी संवाददाता
ललितपुर, जेष्ठ १२ । यहाँ इखाछेँस्थित नापिचन्द्र महाविहारमा शनिबार ३३औं बौद्ध परियत्ति वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।

उक्त प्रतियोगितामा अनिशा श्रेष्ठ, आर्यन बिसी, निग्मा शाक्य, सजगता मानन्धर क्रमशः प्रथम, द्वितीय, तृतीय तथा चतुर्थ भएका थिए ।

यस कार्यक्रमको निर्णायकहरुमा डा. लक्ष्मण शाक्य, डा. त्रिरत्न मानन्धर र अमरावती गुरुमां हुनुहुन्थ्यो ।

उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर तथा ललितपुरका विभिन्न विहार र विद्यालय गरी १२वटा संघसंस्थाका परियत्ति विद्यार्थीहरु सहभागी भएका थिए ।

उक्त कार्यक्रमको सभापतिमा समाजसेवी मोतिलाल शिल्पकार हुनुहन्थ्यो भने प्रमूख अतिथिको रुपमा भिक्षु बोधिज्ञान महास्थविर तथा अतिथिहरुकमा नारद स्थविर, देवेन्द्र वज्राचार्य तथा ज्ञानबहादुर शाक्य हुनुहुन्थ्यो ।