बुंगद्यःको भोटो जात्रा जेठ २६ गते हुने

बोधी संवाददाता
ललितपुर, जेठ ९ । करुणामय बुंगद्यःको भोटो जात्रा यही जेठ २६ गते आइतबार हुने भएको छ ।
जाउलाखेलमा रथ तान्नको लागि मंगलबजारस्थित मणिमण्डपमा जोशीहरुले साइत हेरेका थिए । सोही साइत अनुसार करुणामयको रथ थति टोलबाट जाउलाखेलसम्म तानेर लगिने छ ।
करुणामयको रथलाई लगनखेलको थति टोलमा महिलाहरुले मात्र तानेर पुर्याइएको दिन देखि साइत नहेरुन्जेल सम्म राख्ने गरिन्छ । जाउलाखेलसम्म तान्नको लागि जोशीहरुले साइत निकाल्ने परम्परा रहेको छ । जाउलाखेल पुर्याइएको चार दिन पछि करुणामयको भाटो देखाउने गरिन्छ । यस दिन राष्ट्रपतिको पनि उपस्थिति हुने गर्दछ ।

भोटो देखाउने जात्रा सकिए पछि करुणामयको मूर्तिलाई खटमा राखेर सोही साँझ जात्रा गरी बुंगमतिस्थित मन्दिरमा बिराजमान गराउने चलन छ ।

BMS