जयमंगल महाविहारमा अस्थिधातु प्रदर्शनी

बोधी संवाददाता
ललितपुर, जेष्ठ ४ । २५६३ औं बुद्ध जयन्तीको पावन अवसरमा जयमंगल महाविहार चंकीटोलमा अस्थिधातु प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीमा शाक्यमुनी बुद्ध, बुद्धका अग्रश्रावकहरु सारिपुत्र, महामौद्गल्यायन, प्रत्येक बुद्ध र सिवली महास्थविरको अस्थिधातु प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा श्रद्धेय अनुपमा गुरुमांले अस्थिधातुको महत्वबारे उपदेश दिनुभएको थियो । उहाँले बुद्धको परिनिर्वाण पछि उहाँको चिता जलाउने बेला बाँकी भएको अस्थिधातु ८ पाथी भएको र ती अस्थिधातु केराउ जस्त्रो, मूंग जत्रो आदि ४ प्रकारको आकारमा अस्थिहरु बाँकी भएको बताउनुभयो ।

बुद्ध जीवनीमा उल्लेख भए अनुसार ती अस्थिधातु विभिन्न द्रोण ब्राम्हणले ८ भागमा विभाजन गरेको थियो जुन अस्थिधातुहरु त्यस बेला ८ वटा देशका प्रतिनिधिहरुले आफ्नो आप्mनो देशमा लगेर स्मारक बनाएका थिए । पछि सम्राट अशोकले ती अस्थिधातुहरु निकालेर संसारका विभिन्न ठाउँमा लगेर चैत्य बनाएको उल्लेख छ । नेपालमा पनि ती अस्थिधातुहरु बुद्ध पूर्णिमाका दिन सम्मानका साथ प्रदर्शनी गर्ने परम्परा रहेको छ । कार्यक्रममा श्रद्धेय अनुपमा गुरुमांले चंकीटोलका जेष्ठ नागरिकहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।

BMS

2 years ago/Monday, May 20th, 2019 /