सप्तपुर महाविहारमा बुद्ध जयन्ती स्वर्ण महोत्सव सम्पन्न

बोधी संवाददाता
ललितपुर, जेष्ठ ४ । ललितपुरस्थित सप्तपुर महाविहार चिकंबहीको आयोजनामा २५६३ औं बुद्ध जयन्ती स्वर्ण महोत्सव सम्पन्न भएको छ ।

बुद्ध जयन्तीको उपलक्ष्यमा भएको साप्ताहिक कार्यक्रम अन्र्तगत बुद्ध पूर्णिमाको दिन ललितपुरमा नगरपरिक्रमा गरी कार्यक्रम सम्पन्न भएको थियो । सप्तपुर महाविहारबाट शुरु भएको याली पाटन दरबार क्षेत्र, मंगलबजार, हःखा, सौगल, सुन्धारा, ओकुबहाल, टंगल, पूर्णचण्डी, गाबहाल, पिम्बहाल , नकबहिल, हिरयण्वर्ण महाविहार हुँदै पुनः चिकबही पुगेर समाप्त भएको थियो ।

उक्त रयालीमा ललितपुरका तीन सय जति विभिन्न संघ संस्थाका सदस्यहरु आ आप्mनो ब्यानर बोकेर सहभागी भएको थियो । उहाँहरु बुद्धको ज्ञानमाला भजन गाउँदै यालीमा सहभागी भएका थिए । प्रत्येक वर्ष ललितपुर क्षेत्रमा बुद्ध प्रतिमालाई खटमा राखेर नगर परिक्रमा गराउने चलन रहेको छ ।

पदयात्रा सकेपछि सप्तपुर महाविहारमा समापन समारोह भएको थियो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । समापन कार्यक्रममा बुद्ध जयन्ती समारोहमा सहभागी संघसंस्थालाई धन्यवाद पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बुद्ध जयन्ती ट्रष्ट कमितिबाट आय व्यय विवरण पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अर्को साल बुद्ध जयन्ती समारोह आयोजना गर्ने रुद्रवर्ण महाविहारलाई पालो हस्तान्तरण गरिएको थियो ।

बुद्ध जयन्तीको अघिल्लो दिन सप्तपुर महाविहारमा बृहत बौद्ध सभाको आयोजना भएको थियो । उक्त सभा संघनायक ज्ञानपूर्णिक महास्थविरले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बौद्ध सभालाई सम्बोधन गर्दै बुद्ध दर्शन चिरस्थायी दर्शन भएको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा श्रीलंकाका राजदूत स्वर्णलता परेरा, शताब्दी पुरुष सत्यमोहन जोशी, माननीय कृष्णलाल महर्जन, २५६३ औं बुद्ध जयन्ती मूल समारोह समितिका सचिव सुरेन्द्र शाक्य, बुद्ध जयन्ती ट्रष्ट कमितिका अध्यक्ष धर्मबहादुर शाक्य, ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले आ आप्mनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रमा प्रमुख अतिथिले समारोहमा सहयोग गर्नुहुने संघसंस्था लगायत विभिन्न महानुभावहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

2 years ago/Monday, May 20th, 2019 /