तःधंख्यःमा प्रस्तरको बुद्ध मूर्ति स्थापना

बोधी संवाददाता
काठमाडौं, बैशाख २६ । तःधंख्यःसंरक्षण समिति तथा टोल सुधार समितिको आयोजनामा किर्तिपुर वडा नं स्थित तःधंख्यः मा ७ फिट अग्लो प्रस्तरको बुद्ध मूर्ति स्थापना गर्ने कार्य सम्पन्न भएको छ ।
माननीय सांसद राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा भिक्षु भद्दीय महास्थविरले शील प्रदान , बुद्ध पुजा तथा परित्राण पाठ गर्नुभएको थियो । कार्यक्रममा पुण्यवती गुरुमांले बुद्ध मूर्ति प्रतिस्था गर्नुका महत्वबारे उपदेश सुनाउनु भएको थियो ।
तःधंख्यः संरक्षण समिति तथा टोल सुधार समितिका सदस्य कमल महर्जनले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र कुमार केसी, ३ नं प्रदेश सांसद पुकार महर्जन लगायत मूर्ति दान गर्ने त्रिरत्न महर्जनले आˉ आप्नो मन्तव्य राख्नु भएको थियो ।
बुद्ध मूर्ति प्रतिस्था गर्न अगाडि किर्तिपुरको प्रवेशद्वार देखि विभिन्न बाजागाजा सहित संघसंस्थाका प्रतिनिधिहरु, भजन खलःका सदस्यहरु लगायत भिक्ष, अनागारिकाहरु पदयात्रा गरि तःधंख्यः मा बुद्ध मूर्ति ल्याइएको थियो । बुद्ध मूर्ति स्थापना पछि औपचारिक कार्यक्रम भएको थियो ।
तःधंख्यः संरक्षण समिति तथा टोल सुधार समितिका अध्यक्ष बलराम महर्जनले धन्यवाद ज्ञापनका साथै श्रद्धेय भिक्षु भद्दीय महास्थविरले पुण्यानुमोदन गरी कार्यक्रम समाप्त भएको थियो ।
बुद्ध मूर्ति दाता त्रिरत्न महर्जन मीना महर्जन र उहाँको परिवारले ७ फिट अग्लो प्रस्तरको बुद्ध मूर्ति तःधंख्य लगायत आप्नो निवास कलंकीमा पनि प्रतिस्था गर्नुभएको थियो । यी बाहेक उहाँले आप्mनो श्रद्धा अनुसार नैकाप, टौखेलमा बुद्ध मूर्ति स्थापना गरिसक्नुभएको छ ।

2 years ago/Friday, May 10th, 2019 /