चितवनस्थित चित्रवन विहारको तेश्रो अधिवेशन सम्पन्न

बोधी संवाददाता
नारायणगढ, बैशाख २६ । नारायणगढ क्षेत्रमा लामो समयदेखि बुद्ध धर्म प्रचार र स्थानीय बौद्धहरुलाई संगठित गरिरहेको चित्रवन विहारको तेश्रो अधिवेशन हालै सम्पन्न भएको छ ।

अधिवेशन बाट श्री हरिकृष्ण महर्जनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको गठन भएको छ । उक्त कार्यसमितिमा निवर्तमान अध्यक्षमा रविन्द्रराज वज्राचार्य, प्रथम उपाध्यक्षमा विजयराज वज्राचार्य, द्वितीय उपाध्यक्षमा विद्यामान शाक्य, सचिवमा नारायणकाजी मानन्धर, कोषाध्यक्षमा यज्ञमुनि वज्राचार्य, सहसचिवमा रञ्जितराज वज्राचार्य, सदस्यहरुमा क्रमशः उत्तरा शाक्य, कमल शाक्य, रविन्द्र शाक्य, रमेशकुमार खड्गे, मंगललक्ष्मी वज्राचार्य, प्रशंसा वज्राचार्य, श्यामकाजी मानन्धर निर्वाचित हुनुभयो । बांकी एक जना अध्यक्षबाट मनोनीत गर्नुहुनेछ ।

उक्त अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष राममाया पियाले निर्वाचित सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । यसका साथै उहाँले चित्रवन विहारको विकासको लागि स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थिया । अन्य वक्ताहरु नेवाः देय् दबू चितवन जिल्ला समितिका अध्यक्ष उद्योगकुमार पिया, नेवाःपुचः नारायणघाटका अध्यक्ष एवं यसै संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्र मान शाक्य, नारायणी टोल विकास विकास टोलका अध्यक्ष श्री सञ्जीव श्रेष्ठले यस चित्रवन विहारलाई चितवन जिल्लाको नमूनाको रुपमा विकास गर्न सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहेको बताउनु भयो ।

यसै संस्थाका वर्तमान सल्लाहकार एवं संस्था दर्ता गर्दाको संस्थापक अध्यक्ष किरणराज वज्राचार्यको संयोजकत्वमा निर्वाचन र सचिव नारायणकाजी मानन्धरको संयोजकत्वमा तेश्रो अधिवेशनकार्यक्रम सम्पन्न भएको थियो ।

2 years ago/Friday, May 10th, 2019 /