धर्मकीर्तिमा राणा रिम्पोचे तथा उपकुलपति बज्राचार्ययाई सम्मान

बोधी संवाददाता
काठमाडौं, बैशाख १४। धर्मकीर्ति विहारका प्रमुख श्रद्धेय धम्मवती गुरुमाले शनिबार विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोछे तथा लुम्बिनी विश्वविद्यालयया उपकुलपति प्रा डा हृदय रत्न बज्राचार्ययाई सम्मान गर्नुभयो ।

कार्यक्रममा बोल्दै राणा रिम्पोछेल हामी बौद्धहरुले बुद्ध शिक्षा मात्र नलिएर बुद्ध शिक्षा अनुकूल व्यवहार गर्नुपर्ने तथा जुनै निकाय वा यानलाई अबलम्बन गर्ने भए पनि बौद्धहरु बिच एकता आवश्यक भएको बताउनुभयो ।

त्यस्तै प्रा डा हृदय रत्न बज्राचार्यले बुद्ध धर्म विज्ञानसम्मत भएकोले र यो विज्ञान प्रज्ञाद्वारा निर्देशित भएकोले यसले समाजमा शान्ति ल्याउने कुरामा विश्वस्त भएको बताउनुभयो ।

धम्मवती गुरुमांले आजको अवस्थामा बौद्धहरुले आफुलाई थेरवाद, महायान व बज्रयान भनेर परस्पर विभाजित गर्ने काम नगरी देशभरीका बौद्धह्ररुलाई एकताको सुत्रमा बाँधेर शान्ति र सुखको सन्देश फैलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धम्मावती गुरुमांले उहाँहरुलाई धर्मको चिनो दिनुभयो भने स्वागत गर्नेक्रममा विहारका सहसचिव रमा शोभा कंसाकारले फूलको गुच्छा तथा खादा चढाउनुभउको थियो।

त्यस्तै अगम्य रत्न कंसाकारले सबैलाई स्वागत गर्नुभएको थियो भने मीना तुलाधरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।