विश्व शान्तिमा पुरस्कार तथा छात्रवृति प्रदान

बोधी संवाददाता
काठमाडौं, बैशाख ८ । अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा विश्व शान्ति विहारको आयोजनामा विश्व शान्ति बौद्ध शिक्षालयका श्रामनेर विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा छात्रवृति सम्मान प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो ।
विश्व शान्ती बौद्ध शिक्षालयका संयोजक एवं उपप्रधानाध्यापक मिम शाक्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा संघनायक एवं शिक्षालयका संस्थापक श्रद्धेय ज्ञानपूर्णिक महास्थविरले अन्र्तराष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षालयका कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरु मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई संघनायकद्वारा पुरस्कार वितरण गर्नुभएको थियो । साथै उहाँले शिक्षालयमा अध्ययरन गरिरहनुभएका विद्यार्थीहरु मध्ये अनुशासनमा बस्नु भएका ३ जना श्रामणेर विद्यार्थीहरु ओभासो, अभिवंसो र सुनितोलाई पदक प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षालयका श्रामणेर विद्यार्थीहरुबाट बुद्ध प्रणाम गाथा वाचनका साथै सजकता मानन्धर, रेहिजा शाक्य, दिट्टी महर्जन, थाईलैण्डका विद्यार्थीहरु तथा सम्पदा व्याण्डका सदस्यहरुले आ आप्mनो प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा विश्वशान्ति बौद्ध शिक्षालयमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि सौजन्य प्रदान गर्नुहुने दाताहरुलाई बुद्ध शासनिक दायादपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तमा शिक्षालयका प्रधानाध्यापक भिक्षु निग्रोधले धन्यवाद तथा पुण्यानुमोदन गरी कार्यक्रम समाप्त भएको थियो । हरेक वर्ष अप्रिल ८ का दिन विश्वका ४७ राष्ट्रमा अन्र्तराष्ट्रिय बौद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

BMS