नामसंगीति पाठ तथा प्रवचन कार्यक्रम सम्पन्न

बोधी संवाददाता
काठमाडौं, बैशाख ८ । काठमाडौं ग्ुणाकार महाविहार छुस्या बहालमा परम्परागत बौद्ध धर्मसंघको नामसंगीति पाठ तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

आर्य मञ्जुश्री नामसंगीति पर्वको उपलक्ष्यमा नामसंगीति पाठ भएको थियो । परम्परागत बौद्ध धर्मसंघका सदस्यहरु लगायत काठमाडौंका विभिन्न विहारका नामसंगीति पाठ गर्ने समुहका सदस्यहरुले सामुहिक रुपमा पाठ गर्नुभएको थियो । प्रत्येक चैत पूर्णिमा ल्हुति पुन्हीको दिन नामसंगीति पर्व मनाउने र पाठ गर्ने परम्परा बौद्ध समुदायमा रहेको पाइन्छ ।

 

नाम संगीति पाठ पछि नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा डा नरेशमान वज्राचार्यले उक्त अवसरमा नाम संगीतिबारे प्रवचन गर्नुभएको थियो ।

BMS

2 years ago/Sunday, April 21st, 2019 /