बुद्ध जयन्ती समारोह समिति –२५६३ गठन

बोधी संवाददाता
काठमाडौं, बैशाख ३ । २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा आयोजना गर्न अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय मैत्री महास्थविरको अध्यक्षतामा बुद्ध जयन्ती समारोह समिति–२५६३ गठन गरिएको छ ।
भिक्षु महासंघबाट प्राप्त जानकारी अनुसार आनन्दकूटी विहारको शाखा कार्यालय श्रीघः विहारमा आयोजित कार्यक्रममा श्रद्धेय मैत्री महास्थविरको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरिएको हो ।
महासचिवमा श्रद्धेय पियदसि भन्तेलाई सर्वसहमतिले चुनि बाँकी सदस्यहरुलाई यथावत राखिएको थियो भने बित्नुभएकाहरुलाई हटाई नयाँ १/२ जनालाई सदस्यको रुपमा चयन गरिएको थियो ।
बुद्ध जयन्ती समारोह समिति २५६२ का अध्यक्ष श्रद्धेय धर्ममूर्ति भन्तेको सभापतित्वमा आयोजित कार्यक्रममा नयाँ समिति गठन पश्चात नयाँ समितिले आउँदो बुद्ध जयन्तीको लागि विभिन्न कार्यक्रमको तालिका प्रकाशन गरिने महासंघले जानकारी गराएको छ ।