भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई संघनायककाे रूपमा प्रतिष्ठापन

बाेधी संवाददाता्

काठमाडौं बैशाख १ । नेपालका भिक्षु संघ समागम भई मिति २०७६ बैशाख १ गते अाइतबारका दिन अखिल नेपाल भिक्षु महासंघकाे प्रधान कार्यालय विश्व शान्ति विहारकाे प्रासाद सीमागृहमा नेपालकाे साताैं संघनायककाे रूपमा विश्व शान्ति विहारका संस्थापक प्रमुख श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई र संघउपनायककाे रूपमा बाेधिचर्या विहारका प्रमुख भिक्षु बाेधिसेन महास्थविरलाई संघकार्य विधिद्वारा प्रतिष्ठापन गरिएकाे छ ।

 

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको उपस्थितिसहितको अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघसदस्यहरु बीच आज २०७६ बैशाख १ गते आइतवार (बु.सं. २५६२, १४ अप्रिल २०१९, ने.सं. ११३९ चउलाथ्व नवमी, बैशाख शुक्लपक्ष) का दिन काठमाडौं, नयाँबानेश्वरस्थित अ.ने.भि. महासंघको प्रधान कार्यालय विश्वशान्ति विहारको सीमागृहमा महासंघको काकास पूर्व बैठकको निर्णय अनुसार महासंघका धर्मानुशासक, पूर्व अध्यक्ष, विश्वशान्ति विहारका प्रमुख नेपालका वर्तमान संघउपनायक अग्गमहापण्डित धम्माचरिय भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई संघनायक पतिट्ठापनविधिसहित संघसम्मति विधिपूर्वक नेपालको सातौं संघनायक पदमा धर्मगौरवसहित पदस्थापन गरिएकाे जानकारी अ.ने.भि. महासंघका महासचिव भिक्षु कोण्डन्यबाट प्रेशित जानकारीमा उल्लेख छ ।

त्यसरी नै महासंघका पूर्वअध्यक्ष, बोधिचर्या विहार (बनेपा) का प्रमुख भिक्षु बोधिसेन महास्थविरलाई संघउपनायक पतिट्ठापनविधिसहित संघसम्मति विधिपूर्वक संघउपनायक पदमा धर्मगौरवसहित पदस्थापन गरियो । संघसदस्य भिक्षुहरुको संघकार्यबीच कम्मवाचाकारक भिक्षु धर्मगुप्त महास्थविर तथा भिक्षु भद्दिय महास्थविरले कम्मवाचा वाचन गर्नुभएको थियाे ।

 

,