ललितपुरमा कला तथा संस्कृति महोत्सव

बोधी संवाददाता
ललितपुर, चैत १३ । ललितपुर, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुरमा आयोजना भएको कला तथा संस्कृति महोत्सवको औपचारिक उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले हस्तकला नगरी ललितपुरलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु यहाँका कलाकारहरुले धेरै योगदान दिएको चर्चा गर्र्द कला संरक्षण, सम्बद्र्धनमा ध्यान पुर्याउनु पर्ने विचार राख्नुभयो । क्राप्mट सिटी घोषणा लगत्तै आयोजना भएको यो महोत्सवले हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न थप मद्दत पुग्ने पनि उहाँले बताउनु भयो ।
ललितपुर महानगरपालिका वडा नं १६ को आयोजनाको भएको महोत्सवमा, महोत्सवका संयोजक एवं १६ वडा अध्यक्ष निर्मल रत्न शाक्यले स्वागत गर्दै यस नगरमा भएका हस्तकला र हस्तकलामा आएका चुनौतिहरु समस्याहरुलाई उजागर गर्दै यहाँ भएका युवाहरुलाई विदेशमा जान नपर्ने गरी यहीं हस्तकलाका तालिमहरु दिंदै जाने र यसको विकास र प्रवद्र्धनमा ध्यान दिने योजना रहेको बताउनु भयो । साथै उनले क्राप्mट सिटी घोषणा भएको उपलक्ष्यमा महोत्सवको आयोजना गरेको पनि बताउनु भयो ।
कार्यक्रममा वल्र्ड क्राप्mट काउन्सिलका उपाध्यक्ष एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभागका प्राज्ञ सदस्य धर्मराज शाक्यले काउन्सिलले ललितपुर नगरलाई ३५ औं क्राप्mट सिटी घोषणा गर्नुले विश्वमा नेपाललाई हस्तकला नगरी भनेर चिनाउनु थप सहयोग भएको पुग्ने बताउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्र लगायत अरु ठाउँमा भूकम्पले भत्केका संरचनाहरु अमानतमा बन्नुपर्ने र स्थानीय बासिन्दाको सहभागितामा बन्नुपर्ने कुरामा जोड दिनुभयो ।
यसै गरि हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले हस्तकलाले धनी नगरीमा महोत्सव हुनाले यहाँको हस्तकला प्रवद्र्धन गर्न थप सहयोग पुग्ने बताउँदै पुर्खाले गरिआएका हस्तकलाको कामलाई उनका भावी सन्ततिले पनि गरी त्यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।

महोत्सवको दौरानमा २०० जना भिक्षुहरुलाई भिक्षाटन कार्यक्रम पनि आयोजना गरिने भएको छ ।

चैत्र १३ गते देखि १७ गतेसम्म हुने यो महोत्सवमा, १६ वडा भित्र पर्ने ऐतिहासिक मल्लकालीन विहारहरु, तथा विभिन्न टोलमा हस्तकला सामग्रीहरु प्रदर्शन देखि बौद्ध कला, संस्कृति झल्किने पूजा विधिहरु, नेवार समुदायमा मनाउने विभिन्न चाडपर्वहरुको ब ारे जानकारी सहित प्रयोग हुने सामग्रीहरुको प्रदर्शनी लगायत प्रसिद्ध कलाकारहरुको चित्रकला, मूर्तिकला, काष्ठकलाहरु पनि राखिएका छन् । यसका साथै हरेक साँझ बौद्ध कला अन्तर्गतका चर्या नृत्यहरु सहित साँस्कृतिक कार्यक्रमहरु हुनेछ ।

BMS

2 years ago/Thursday, March 28th, 2019 /