प्रथम बज्रगुरु थ्युङ्ग्गुर–२०७५ कार्यक्रम सम्पन्न

बोधी संवाददाता
काठमाडौं, चैत ११ । नेपाल बुद्ध धर्म सेवा संघ, हिमाली शेर्पा समाज तथा सृजनशील आमा समूहद्वारा संयुक्त रुपमा प्रथम बज्रगुरु थ्युङ्ग्गुर–२०७५ समापनको अवसरमा स्वयम्भू महाचैत्य परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विश्व शान्तिको कामना गर्दै श्रद्धेय बौद्ध धर्मगुरु कुङगा रिम्पोच्छेज्यूको समुपस्थितिमा गएको चैत्र २ गते देखि ९ गते सम्म आठ दिन प्रथम बज्रगुरु थ्युङ्ग्गुर–२०७५ कार्यक्रम आयोजना गरिएको आयोजकहरुले जनाएको छ ।
कार्यक्रमको अन्तिम दिन चैत्र १० गते सफा र स्वच्छताको जनचेतनाको लागि स्वयम्भू महाचैत्य परिसरमा सरसफाइ गरी बौद्ध धर्मगुरु कुङगा रिम्पोच्छेज्यू लगायत उपस्थित सबै जनाले महाचैत्य परिक्रमा गरेको थियो ।
महाचैत्य परिक्रमा गरी गुम्बामा आइपुगेका सवैलाई बौद्ध धर्मगुरु कुङगा रिम्पोच्छेज्यूले आयु अभिषेश दिनुभएको थियो ।