लुम्बिनी वज्रयान विहारमा सहस्रभुज लोकेश्वरको स्थापना

बोधी संवादाता
लुम्बिनी, चैत २ । लुम्बिनी स्थित नेपाल वज्रयान महाविहारमा विभिन्न वज्रयान अन्तर्गत पूजा गरिने विभिन्न देवदेवीहरुको स्थापना गर्ने क्रममा हालै सहस्रभुज लोकेश्वरको मूर्ति स्थापना गरियो ।
मूर्ति स्थापना गर्ने क्रममा ३ दिनको विशेष पूजा वज्रधातुमण्डल, प्रतिस्था पूजा र विसर्जन पूजा गरिएको थियो । यसमा पहिलो दिन कलश शोधन, दोस्रो दिन होम गरी मूर्ति प्रतिस्था गरिएको थियो । मूर्ति प्रतिस्था गर्दा दशकर्म पूजा गर्ने गरिन्छ भने पूजा समाप्ति पछि गुरुजुले गणचक्र भनी चर्या नृत्य पनि देखाउने गरिन्छ । पूजाको अन्तिम दिन विर्सन पूजा गरेर पहिलो दिन स्थापना गरेको कलशबाट जलधारा बगाउने चलन रहेमो छ । पूजाको अन्तमा गुरुजुले जजमान तथा उनका परिवारलाई टिका लगाइ दिनुभएको थियो ।
दाता द्रव्यमान सिंह तुलाधर  र उनकाे परिवारले उक्त मूर्ति विहारलाई दान गर्नुभएको थियो ।

BMS