लुम्बिनी वज्रयान विहारमा बुसाधं पूजा सम्पन्न

बोधी संवादाता
लुम्बिनी, चैत २ । लुम्बिनी स्थित नेपाल वज्रयान महाविहारमा स्थापित क्वापाद्यः र चैत्यको बुसाधं अर्थात् वार्षिक पूजा सम्पन्न भएको छ ।
प्रा. डा. नरेश मान वज्राचार्यको नेतृत्वमा जजमान योगेन्द्र शाक्य, रेणु वज्राचार्य, चिनिया मान शाक्य तथा अन्य गुरुजुहरु र परिवार बसेर उक्त पूजा सम्पन्न गरेको थियो ।
कुनै पनि विहार, घर वा सार्वजनिक स्थानहरुमा चैत्य, मूर्ति स्थापना गरेको उपलक्ष्यमा प्रत्येक वर्ष तिथि अनुसार बुसाधं पूजा गर्ने चलन नेवार बौद्ध समाजमा परापूर्वकाल देखि चल्दै आएको छ ।
यसरी तिथि अनुसार स्थापना गरिएका चैत्य, मूर्तिहरुको बुसाधं पूज ागर्ने कार्य धार्मिक रुपमा, सामाजिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको प्रा. डा. नरेशमान वज्राचार्यले बताउनुभयो । बुसाधं पूजा गर्दा कलशार्चन सहित होम गरी पूजा गरिएको थियो ।

नेपाली वज्रयान महाविहारमा पर्यटन व्यवसायी योगेन्द्र शाक्य तथा अन्य परिवारजनको उपस्थिति थियो ।

BMS