ललितपुरमा वृहत भिक्षादान तथा संघदान सम्पन्न

बोधी संवादाता
ललितपुर, फागुन ३० । करिब दुइसय जना भिक्षु श्रामणेरहरुले आज ललितपुरको विभिन्न ठाउँमा गएर भिक्षा ग्रहण गर्नुभयो ।
११९औं प्रज्ञानन्द महास्थविरको जन्मजयन्तीको अवसरमा भएको उक्त भिक्षाटन तथा संघदान कार्यक्रम हःखाबाट शुरु भइ विभिन्न स्थानमा परिक्रमा गर्दै नागबहालमा सम्पन्न भएको थियो ।
कार्यक्रममा धम्मकाय सेन्टरका प्रतिनिधि चन्द्रगुप्त महास्थविर, हिरण्यवर्ण महाविहारका आजु तथा अन्य भन्ते गुरुमांहरु उपस्थित हुनुहुन्थ्यो ।