भिक्षु अश्वघोषको  स्वास्थ्यमा क्रमिक सुधार

बोधी संवादाता
काठमाडौं,
फाल्गुन २८ । गत दश दिनदेखि उपचारमा रहनुभएका नेपालका संघनायक श्रध्देय अश्वघोष महास्थविरको स्वास्थ्यमा आज केही सुधार भएको छ ।
आजै उहाँलाई भेट्न प्रधानमन्त्री केपि ओलि, पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ एवं र काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य उहाँ रहनुभएको अस्पताल पुग्नु भएको थियो । उहाँहरुले भन्तेको स्वास्थ्य उपचारको अवस्थाको बारेमा जानकारी लिनुभयो ।
गत दश दिनदेखि भिक्षु काठमाडौ स्थित टोखा ग्राण्डी अस्पताल उपचारार्थ भर्ना भइरहनुभएको छ ।

९३ वर्षीय भिक्षुलाई रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जमेको बताइएको छ । उहाँलाइ स्वास्थ्य कहिले सुधार हुने कहिले गम्भीर हुने क्रम चलिरहेको तथा हाल आएर केही सुधारका लक्षणहरु देखिएको भिक्षु महासंघले जानकारी दिएको छ ।

नेपालकै भिक्षुहरुमाझ पनि प्रगतिशिल एवं सुधारवादी भनेर चिनिने भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य हुनुहुन्थ्यो भने त्यसैगरी २०५१ सालमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा पनि नियुक्त हुनुभएको थियो ।

2 years ago/Wednesday, March 13th, 2019 /