प्रा. धूपरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेकबाट सम्मान

बोधी संवाददाता
काठमाडौं, फागुण १९ । मूल चक्रेश्वर आजु हुनुभएका मैत्रीपुर महाविहार क्वाबाहाका चक्रेश्वर श्रद्धेय प्रा. धूपरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक बाट सम्मान गरियो । नेपालका प्रचलित बौद्ध निकायहरु मधये बज्रयान बौद्ध निकाय अन्र्तगत काठमाडौंका मूल ८ वटा महाविहार मध्ये जेष्ठतम महास्थविर उहा बज्राचार्यलाई मूलचक्रेश्वर पदमा आसिन गराएको हो ।
उहाँलाई राजगुरुजु मन्जुश्री रत्न बज्राचार्यले कलशाभिषेक, मुकताभिषेक, बज्राभिषेक घण्टाभिषेक, नामाभिषेक पुष्पाभिषेक छत्राभिषेक गर्नु भएको थियो । अभिषेक वाचन प्रा.डा नरेशमान बज्राचार्यले गर्नुभएको थियो ।
उहाँलाई काठमाडौंका १८ वटा बहाल बहिलका चक्रेश्वर आजुहरु, पाटनका चक्रेश्वर आजुले खादा तथा विभिन्न बाहाबहि संघ संस्थाबाट खादा तथा सम्मानपत्र चढाई सम्मान गर्नुभएको थियो । नेपाल परम्परागत बौद्ध धर्म संघ कान्तिपुर शाखा, लुम्बिनी बज्रयान महाविहार निर्माण समिति, श्री मैत्रीपुर महाविहार संरक्षण समिति, फेड्स अफ कान्तिपुर, त्रिरत्न कोष, उदाय समाज लगायत विभिन्न , विहार बहिबाट सम्मान पत्र चढाएको थियो ।

BMS

2 years ago/Sunday, March 3rd, 2019 /