बौद्ध स्तुप परिसरमा बौद्ध समुदायहरुको विरोध सभा

बोधी संवादाता
काठमाडौं, माघ १७ । युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित बौद्ध महास्तुपमा गैर धार्मिक तथा अतिक्रमणकारी कामहरु भइरहेको भनी स्थानीय बौद्ध संघसंस्थाहरुले विरोध जनाएका छन् ।
विशेष गरी त्यहाँ गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपति वज्र लामाले नियुक्त भएदेखि नै बौद्धलाई आफ्नो पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरु गर्दै आइरहेको भनी आज बिहिबार “बौद्ध स्तूप जोगाऔं नक्कली गुरु रिम्पोछे भूपतिवज्र हटाऔं स्रघर्ष समिति”मा आवद्ध संघसंस्थाहरुले एक विरोध जुलुस तथा पत्रकार सम्मेलनको आयोजना गर्यो ।
उनीहरुले एक पर्चा मार्फत २०७३ साल असार ७ गते गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपतिवज्र लामाले सबैको साझा धरोहर एवं आस्थाको केन्द्रविन्दु बौद्ध स्तूपमा सम्बन्धित निकायको निदैएशनमा तथा जनभावना विपरित आफ्नै निजी कम्पनी जस्तै स्वेच्छाचारी ढंगले घ्याङ गुठी संचालन गरेको र आफूलाई स्वघोषित रुपमा गुरु रिन्पोछेको औतारी र मरम् पुजनीय धर्मगुरी भनी सिंगो बौद्ध जगत अपमानित गरेको समेत आरोप लगाएका छन् ।
उनीहरुले युनेस्को विश्वसूचीमा समेत दर्ता भएको बौद्धमा धार्मिक वातावरण कायम गराउन  स‌ंस्कृति मन्त्रालय, पुरातत्व विभाग तथा गुठी संस्थान लगायत सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन् ।
जुलुस पश्चात् आयोजित कोणसभामा संघर्ष समितिका संयोजक खड्गजीत लामाले बौद्धमा विभिन्न जातजातिका बौद्धहरुको आगमन तथा पुजा पाठ हुने भएकोले सबैको सहभागितामा विकास समितिको निर्माण गर्नुपर्ने माग राखे ।