बोधी टेलिभिजन तथा अखिल नेपाल भिक्षु महासंघका बिच सहकार्य हुने

बोधी संवादाता
काठमाडौं, पुस १९ । बोधी टेलिभिजनमा प्रसारित सामाग्रीलाई अझ परिष्कृत बनाउनका लागि कार्यक्रम उत्पादकहरु तथा अखिल नेपाल भिक्षु महासंघका बिच सहकार्य हुने भएको छ ।
टेलिभिजनको कार्यलयमा बिहिबार आयोजित एक अन्तरक्रियामा महासंघका पदाधिकारीहरुले नेपालमा बुद्धधर्मको प्रचारप्रसारमा बोधी टेलिभिजनले गर्दै आएको योगदानको सराहना गर्नुभयो । साथै उहाँहरुले यसका केही कार्यक्रममा समयानुकूल सुधारको आवश्यकता औंल्याउनु भयो र गैर बौद्धहरुलाई बुद्धशिक्षामा आकर्षण गर्न कार्यक्रमहरु थप्नुपर्ने सुझाव पनि दिनुभयो ।
यसका साथै बोधी टेलिभिजनलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने बचनबद्धता पनि दिनुभयो ।
महासंघका महाचचिव भिक्षु कौण्डण्यले भन्नुभयो, “बोधी टेलिभिजनलाई आवश्यक तथा संभव भएका सबै क्षेत्रमा सहयोग गर्न महासंघ तयार छ । यसका लागि बौद्धहरुको भावनामा आघात पुग्ने काम नहोस् भनेर टेलिभिजनका सहकर्मीहरु चनाखो हुनुपर्दछ ।”
यसका साथै बौद्ध धर्मदेशना तथा अन्तरवार्ताका साथै समसायिक मुद्दाहरुमा समेत निष्पक्ष भई समाचार सम्प्रेषण्मा बोधी टेलिभिजनले ध्यान दिनुपर्ने समेत उहाँले सुझाव दिनुभयो ।

 

2 years ago/Friday, January 4th, 2019 /