भक्तपुरमा महापरित्राण पाठ सम्पन्न

बोधी संवाददाता
भक्तपुर, पुस १८ ।

बौद्ध समस्कृत विहार कथुबहि भक्तपुरमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ ।
महापरित्राण पुस्तक तथा अष्टपरिष्कार शोभा यात्रा गरी शुरु भएको उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गर्नुभएको थियो । कार्यक्रममा सामूहिक बुद्ध पूजा गरीसके पछि भिक्षु बोधिसेन महास्थविरले महापरित्राण पाठको महत्वबारे धर्मदेशना गर्नु भएको थियो ।
विभिन्न स्थानबाट आउनु भएका भिक्षु संघबाट सामूहिक रुपमा परित्राण पाठ पछि युगल परित्राण पाठ गरिएको थियो । उक्त कार्यक्रममा मुनी विहारका प्रमुख भिक्षु विपस्सीका साथै काठमाडौं, ललितपुर, किर्तिपुरबाट आउनु भएका भिक्षु, अनागारिका, तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो ।

2 years ago/Wednesday, January 2nd, 2019 /