नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा परिणाम प्रकाशित

बाेधी स‌ंवाददाता

काठमाडौं चैत्र २६ । अखिल नेपाल भिक्षु महासंघद्वारा ५२ वर्षदेखि संचालन भइरहेको नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं. २५६१ (वि.सं. २०७४ वर्षको माघ महिनामा संचालित प्रारम्भिक प्रथम वर्ष (कक्षा १) देखि प्रवेश कोविद (कक्षा १०) सम्मको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

परीक्षा परिणाम अनुसार ७८ वटा केन्द्रको नियमित परीक्षामा २३५९ जना विद्यार्थीहरूले परीक्षा दिएकोमा २०७१ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने १६ वटा प्राइभेट केन्द्रका ३९३ जनाले प्राइभेट परीक्षा दिएकोमा ३८५ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।

यसरी ९४ वटा परीक्षा केन्द्रबाट २७५२ जना विद्याथीहरुले परीक्षा दिएकोमा २४५६ जना विद्याथीहरु उत्तीर्ण भएका छन् ।

परीक्षा परिणाम सम्बन्धी विस्तृतमा जानकारीको लागि नेपाल बौद्ध परियत्ति शिक्षाको वेभसाइट http://nepalpariyatti. com/ मा हेर्नसकिन्छ ।

परीक्षा संचालनको क्रममा सहयोग गर्नुहुने अखिल नेपाल भिक्षु महासंघ, नेपाल बैद्ध परियत्ति समिति, परीक्षा उपसमितिका सदस्यहरू, अाइटी उपसमितिका सदस्यहरू, केन्द्राध्यक्ष, शिक्षकशिक्षिका, विद्यार्थी, सुपरिवेक्षक, दाता महानुभाव , अभिभावक वर्ग सबैलार्इ केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले साधुवाद व्यक्त गर्नु भएको छ ।