राष्ट्रिय ज्ञानमालाको २४औ वार्षिक साधारण सभा सम्पन्न

बोधी संवाददाता

काठमाडौं, पुष १६ । संगीतको माध्यमबाट जनमानसमा बुद्धधर्मप्रति चेतना जगाउने नेपाल राष्ट्रिय ज्ञानमाला समितिको २४औ वार्षिक साधारण सभा शनिबार यहाँ सुमंगल कीर्ति विहार चोभारमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि शातब्दी पुरुष सत्यमोहन जोशीका साथै त्यहाँ उपस्थित भिक्षु कौडण्य, भिक्षु सोभित, भिक्षु तपसीधम्म, भिक्षुणी अनोजा, पूर्वंमन्त्री बुद्धिराज वज्राचार्य, प्रा सुवर्ण शाक्य आदिले बुद्धधर्मको महत्वको बारेमा चर्चा गर्दै यसको प्रचारप्रसारमा ज्ञानमाला भजनले गरेको योगदानको प्रशंसा गर्नुभयो ।
उक्त अवसरमा नेपालमा ज्ञानमाला संगीतको विकासमा योगदान दिनुहुने प्रा. सुवर्ण शाक्य, महारत्न वज्राचार्य, किरण कुमार जोशी, शान्त कुमार चित्रकार तथा यचु शाक्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका केन्द्रीय कमिटी तथा क्षेत्रीय कमिटीहरले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । केन्द्रीय समितिका तर्फबाट महासचिव इन्द्रमुनी शाक्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सप्तराज शाक्यले आर्थिक प्रतिवेदन बुझाउनुभयो ।

कार्यक्रममा समितिमा अध्यक्ष रमना श्रेष्ठले समितिको भावी कार्यक्रममो बारेमा जानकारी दिनुभयो ।