बौद्ध मिथकमा आधारित उपन्यास “हल हल बुंगद्यः” को विमोचन

बोधी संवाददाता

ललितपुुुुर, पुष १५ । बौद्ध आख्यानमा आधारित नेपालभाषाको उपन्यास “हल हल बुंगद्यः”को जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गर्नुभयो ।

राजेन मानन्धरद्वारा लिखित उक्त उपन्यास कुनै बेला नेपालमा अनिकाल हुँदा सहकालका देवता भनेर चिनिने करुणामय अवलोकेश्वर अर्थात् रातो मछिन्द्रनाथलाई नेपालमा ल्याइएको मिथकको आधारमा रचना गरिएको हो ।

काठमाडौं उपत्यकाका नेवार बौद्धहरु बोधिसत्वको रुपमा जन्मेका करुणामयलाई कामुनी देश अथवा हालको कामारु कामाक्षबाट ल्याइएको तथा उहाँको आगमन पछि नेपालमा सहकाल आएको विश्वास गर्दछन् । हिन्दुहरु पनि उहाँलाई मत्येन्द्रनाथको रुपमा मान्दछन् ।

विमोचन कार्यक्रममा बोल्दै कवि दुर्गालालले मानन्धरलाई चिनेदेखी सहृदयी भएकोले मनमा बसेको तथा एक सक्रिय निवन्धकार पनि भएको बताउनुभयो ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक एवं उपन्यासकार मल्ल के सुन्दरले यो उपन्यास नेपालभाषा साहित्यकै क्षेत्रमा सबैभन्दा लामो भएको तथा लेखकले धार्मिक सामाग्रीलाई उपयोग गरी नयाँ शैलीबाट लेखेको बनाउनुभयो ।

यसका साथै उक्त कार्यक्रममा इन्द्र माली द्वारा संकलित शव्दकोष “नेपालभाषा यासुधुकू” तथा भुषण प्रसाद श्रेष्ठद्वारा लिखित गजल संग्रह “छन्द १०१ व नेवाः गजल”को पनि विमोचन भएको थियो ।

दोश्रो नेपालभाष साहित्य नखः नामक उक्त कार्यक्रम सन्ध्या टाइम्स पिथनाले आयोजना गरेको थियो ।

2 years ago/Sunday, December 30th, 2018 /