“नेपाल आर्ट नाउ” प्रदर्शनी आयोजना

बोधी संवाददाता
काठमाडौं, पुस ६ । नेपाल आर्ट काउन्सिलको आयोजनामा नेपालका प्रसिद्ध ३७ जना कलाकारहरुको परम्परागत पौभा चित्रकला लगायत आधुनिक समसामयिक कलालाई “नेपाल आर्ट नाउ” दिएर प्रदर्शनीको आयोजना दिइएको छ ।
नेपालका प्रख्यात सिद्धहस्त कलाकारहरु लैनसिंह वाङदेल, शशी विक्रम शाह, सिद्धिमुनी शाक्य, किरण मानन्धर, लोक चित्रकार देखि आधुनिक समयका प्रसिद्ध युवा कलाकारहरु रागिनी उपाध्याय, समुन्द्रमान सिंह श्रेष्ठ, उदय चरण श्रेष्ठ, एरिना ताम्राकार,सीमा शर्मा शाह आदिले तयार पार्नु भएका बुद्ध र बुद्धधर्म सम्बन्धी पौभा चित्रहरु तथा कन्टेम्पोररी आर्टहरु प्रदर्शनीमा राखिएका छन् ।
यस प्रदर्शनीमा राखिएका चित्रकलाहरु भियनाको सरकारी म्यूजियम वेल्ट म्यूजियममा अप्रिल ११ देखि ६ महिनासम्म हुने प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनीमा नेपालका कला विधाका विभिन्न चित्रकलाहरु देखि काष्ठकला, धातुकला, प्रस्तरकलाका उत्कृष्ट नमूना देखि नेपालको सेरामिक आर्टलाई पनि स्थान दिइएको छ । जुन नेपालको मौलिक कला अन्र्तगत पर्ने काउन्सिलका क्यूरेटर स्वस्ति राजभण्डारीले बताउनु भयो ।
पौभा कलाकार लोक चित्रकारले आप्mनो पौभा चित्र भियनामा हुन लागेको प्रदर्शनीमा छनौट भएकोले खुशी भएको साथै यस्ता प्रदर्शनीले नेपालका कलाकारहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउन थप मद्दत पुगेको बताउनुभयो ।
नेपालका कलाकारहरुलाई स्वदेशमा मात्र होइन विदेशमा समेत उनीहरुको कलाको उचित मूल्यांकन यस प्रदर्शनीले हुने काउन्सिलका उपाध्यक्ष सागर शम्शेर राणाले बताउनुभयो ।
यो प्रदर्शनी डिसेम्बर २१ सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने आयोजकले जानकारी दिएको छ ।