बौद्धमा ञिङ्मा मोलान्म

बोधी संवाददाता ।
काठमाडौं, पुस ५ । विश्वमा रहेका सबै प्राणीको उन्तति र प्रगति होस् भनेर यहाँ बौद्धमा ६ दिने ञिङ्मा मोलान्म (प्रणिधान पूजापाठ) गरिएको छ ।
गत पौष शुक्लपक्ष दशमीदेखि पूर्णिमासम्म गरिने उक्त पुजा पहिले बौद्ध चैत्यपरिसरमै हुँदै आएको भएतापनि स्तुप दर्शनार्थीहरुका लागि असहज पर्ने भएको हुँदा यो कार्यक्रम यो वर्ष शेर्पाि सेवा केन्द्र (शेर्पा गोन्पा) बौद्धमा आयोजना गरिएको हो ।
हरेक दिन हुने पूजा पाठमा नेपाल तथा विदेशबाट आएका हजारौं लामा गुरुहरु, आनीहरु तथा अन्य उपासक उपासिकाहरुको उपस्थिति छ ।
शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वम दीगो शान्ति, सुख र सम्वृद्धि फैलाउन नेपालमा रहेका बौद्ध तीर्थहरुको प्रचार प्रसार एवं धार्मिक तथा साँस्कृतिक महत्वलाई अक्षुण राख्न तथा साँस्कृतिक महत्वलाई अक्षुण राख्न र अन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्नको लागि यो कार्यक्रम गरिएको आयोजकहरुले बताएका छन् ।
नेपाल बौद्ध ञिङ्मा संघले २०६६सालदेखि वार्षिक रुपमा मोन्लाम गर्दै आएको छ ।

2 years ago/Thursday, December 20th, 2018 /