राष्ट्रपतिद्वारा लुम्बिनी विश्वविद्यालयको भवन उद्घाटन

राजेन मानन्धर

लुम्बिनी, रुपन्देही, मंसिर २२ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आयोजित लम्बिनी बौद्ध विश्वविद्यालयको १४औं वार्षिकोत्सव विशेष समारोहका बिच नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

यसै अवसरमा उहाँले बौद्ध दर्शन साहित्य तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने आचार्य महायोगी श्रीधर राणा रिम्पोचे, भिक्षु ञाणपुण्णिक तथा भिक्षुणी धम्मवतीलाई दोसल्ला सहित सम्माण पत्र पनि प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले लुम्बिनी ग’रुयोजना कार्यान्वयन, वृहत लुम्बिनी गुरुयोजना निर्माण गरी तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर यस क्षेत्रमा विकास गरी विश्व स्तरकै पर्यटकीय स्थलको रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

 

विश्वमा बुद्ध र लुम्बिनी परिचित छन् भन्दै उहाँले शान्ति, लोकतान्त्रिक मुल्य र राष्ट्रियता प्रति सजग रही विश्वमा स्थापित असल मूल्यहरुको सम्बर्धन गर्दै सिंगो राष्ट्रको सर्वांगिक विकासमा योदान दिने जनशक्तिको उत्पादन गर्न सुझाव पनि दिनु भयो ।साथै बौद्ध दर्शन साहित्य तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्नेकार्यको पनि उहााले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री एवं लुम्बिनी विकासका अध्यक्ष रवीन्द्र अधिकारीले कोषको आम्दानीको केही अंश विश्वविद्यालयको लागि खर्च हुने बताउनु भयो ।
उहाँले लुम्बिनी क्षेत्रको गुरु योजनाको बाँकी अंश समपन्न गराउनका लागि निकै चाँडै टेण्डर आह्वान गर्ने बताउनुभयो ।

रजिष्ट्रार तिलक आचार्यले विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रपतिले विश्वविद्यालयका पर्व पदाधिकारी एवं वर्तमान कर्मचारीहरुलाई पनि सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
यसका साथैं उहाँले भैरवहमा निर्माण भइरहकेको गौतमबुद्ध अन्तर्राष्टिय विमान स्थल आगामी वर्षको सेप्टेम्बर महिना भित्र निर्माण सम्पन्न हुने तथा यसका लागि विभिन्न देशहरुसँग हवाइ उडान संझौता सम्पन्न भएको पनि जानकारी दिनुभयो ।
कर्यक्रमका भन्ते, गुरुमां लामा, आनीहरु तथा प्रदेशका सांसदहरु, स्थानीय जनप्रतिनिधिका साथै विश्वविद्यालयका शिक्षक एवं विद्यार्थीहरु पनि उपस्थित थिए ।